टी-२० विश्वकप आज सुरु, उद्‍घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

डिसी नेपाल
२० जेठ २०८१ ६:२१
132
Shares

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज बिहानदेखि सुरु भएकाे छ। प्रतियोगिताको उद्घाटन खेल नेपाली समयअनुसार, बिहान ६ :०० बजे सुरु भएकाे हाे।

उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ। अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो। क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो।

प्रतियोगिताको उद्घाटन खेल अमेरिकाको टेक्सासमा खेलिने छ। पहिलो दिन दुई खेल हुनेछन्। पहिलो दिनको दोस्रो खेल अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी) बीच हुनेछ। पीएनजी छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो।

वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०:१५ बजे सुरु हुनेछ। खेल गुयनामा खेलिने छ। विश्वकपको नवौं संस्करणमा नेपाल समूह ‘डी’ मा परेको छ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.