तेक्वान्दो खेलाडी नन्दालाई अमेरिकामा दोहोरो स्वर्ण पदक

डिसी नेपाल
२० जेठ २०८१ १९:१९
312
Shares

काठमाडौं। नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन्।

अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्री स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्णपदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपको कार्यकारी समितिको सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण पदक हो।

यसअघि नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.