टी-२० विश्वकपमा आज दुई खेल हुँदै

डिसी नेपाल
२१ जेठ २०८१ ६:५२
216
Shares

काठमाडौं। आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदै छ। आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्ने छन्।

बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६: १५ बजेदेखि शुरु हुने छ।

दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन्। जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ। त्यस्तै आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ। न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८: १५ बजेदेखि शुरु हुने छ।

श्रीलंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन्। जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्री लंकाले ५ खेलमा जित हासिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.