टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने

डिसी नेपाल
२१ जेठ २०८१ १९:५८
100
Shares

काठमाडौं। आइसीसीले जारी टी–२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ। यो अहिलेसम्मका आइसीसी प्रतियोगिताकै सर्वाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ।

अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन्। यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ। त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन्।

त्यस्तै नवौं देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन्। त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.