नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य

डिसी नेपाल
२२ जेठ २०८१ २३:२८
96
Shares

काठमाडौं। आइसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको सामान्य लक्ष्य दिएको।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०६ रन बनायो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३५ रन बनाए। करण केसीले १७ तथा गुल्शन झाले १४ र अनिल शाहले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। नेदरल्याण्ड्सका टिम प्रिंगल र लोगन भान बीकले समान ३/३ विकेट लिए भने पौल भान मीकेरेन र बास डि लिडेले २/२ विकेट लिए।

टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो। नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *