टी–२० विश्वकपः नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

डिसी नेपाल
२३ जेठ २०८१ १:०९
236
Shares

काठमाडौं। आइसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमै पराजय व्यहोरेको छ। नेदरल्याण्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्ले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। नेदरल्याण्ड्सको जितमा म्याक्स ओ दाउदले अर्धसतकीय पारी खेले। उनले ४८ बलमा ५४ रन बनाए। यस्तै विक्रमजित सिंहले २२ रन बनाए। नेपालका सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाष बोहराले समान १/१ विकेट लिए।

यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३५ रन बनाए। करण केसीले १७ तथा गुल्शन झाले १४ र अनिल शाहले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। नेदरल्याण्ड्सका टिम प्रिंगल र लोगन भान बीकले समान ३/३ विकेट लिए भने पौल भान मीकेरेन र बास डि लिडेले २/२ विकेट लिए।

नेपालले आफ्नो दास्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ। टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो। नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.