प्रधानमन्त्री कप भलिबलमा नेपाल पुलिसद्वारा त्रिभुवन आर्मी पराजित
काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आज भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा पुलिसले आर्मीलाई ३१ सेटमा पराजित गरेको हो।
खेलको पहिलो सेट २५–२७ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्यो। पुलिसले आर्मीमाथि २६–२४, २५–२१, २५–१८ ले जितेको हो।
यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशी प्रदेशलाई समान ३–० ले पराजित गरेको थियो । त्यस्तै आर्मीको भने यो पहिलो हार हो। यसअघि आर्मीले बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३–० को सेटमा हराएको थियो।
पुरुषतर्फ आजै सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीलाई ३-१ सेटमा पराजित गरेको छ। आजै भएको महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० तथा आर्मीले न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment