हेराल्ड बास्केटबल प्रतियोगिता शनिबारदेखि, ९७ टिमले प्रतिस्पर्धा गर्ने

डिसी नेपाल
२५ जेठ २०८१ २०:३३
20
Shares

काठमाडौं। ‘हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता’ शनिबारदेखि सुरु हुने भएको छ।

हेराल्ड इन्टरनेशनल कलेजको आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा ९७ टिमको सहभागिता रहने बताइएको छ।

प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा हेराल्डका अध्यक्ष कपिल ज्ञवालीले ब्वाइजमा ६४ तथा गल्र्समा ३३ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बताए।

प्रतियोगितामा दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ। सहभागी सबै खेलाडीले छात्रवृत्ति भने पाउनेछन् । विजेताले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र बाँकीले ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ।

दुई दिनसम्म चल्ने उक्त प्रतियोगिता हेराल्डको धापासीस्थित आफ्नै कोर्टमा खेलाइने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *