सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार

डिसी नेपाल
२९ जेठ २०८१ ११:५४
176
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो।

यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य घटेको छ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *