क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई गोप्यरुपमा एक साता अगाडि नै क्यानडा पठाएका थियौँ

डिसी नेपाल
२९ जेठ २०८१ १६:२१
304
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउने क्रममा एक साता अगाडि नै क्यानडा पठाएको खुलासा गरेका छन्।

चन्दले सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरुपमा क्यानडा पठाएको बताएका हुन्। उनले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दावी गर्दै उनलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताएका छन्।

चन्दले भनेका छन्, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए। यसमा पूर्वप्रशिक्षकले भित्री रूपमा सहयोग गर्नुभयो। विभिन्न अवरोध र वाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ। यसमा हामी सफल भएका छौँ।’

अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्‍याउन सन्दीपको ठुलो योगदान रहेकाले उनी विश्वकप खेल्न हकदार रहेको बताए। त्यसैले नै अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन क्यानले प्रयास गरेको र यसमा क्यान सफल भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *