सुनको मूल्य स्थिर, चाँदीको घट्यो

डिसी नेपाल
३१ जेठ २०८१ ११:२५
132
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस अघि बुधबार पनि सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *