श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो
काठमाडौं। श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ। गएराति सम्पन्न समूह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो।
यस खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको थियो।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्डस २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो। यस अघि बंगलादेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो।
यो खेलपछि समुह डी मा बंगलादेशक ओ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डसको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ र तेस्रो स्थानमा छ। यसै समुहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ।
त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको छ। योसँगै श्रीलंकाको विश्वकप यात्रा समुह चरणबाटै सकिएको छ।
यस समुहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ। अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्डस र नेपाल रहेका छन्।
अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बंगलादेशबीच खेल हुँदै छ। त्यस्तै जुन १७ मै नेदरल्याण्डस र श्रीलंका खेल्ने छन्।







डिसी नेपाल







Facebook Comment