ओमानमाथि इङ्ल्याण्डको शानदार जित
काठमाडौं। इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत ओमानमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो।
ओमानले दिएको ४८ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले ३.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
यस अघि पहिला ब्याटिङ गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अल आउट भएको थियो। ओमानका लागि शोयब खानले ११ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। इङल्याण्डका बलर आदील रशिदले सर्बाधिक ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिएका थिए।
यो फर्किलो जितले इङ्ल्याण्डको सुपर आठको सम्भावनालाई कायमै राखेको छ। इङल्याण्डको ३ खेलमा ३ अंक भएको छ। समूह बी बाट अस्ट्रेलियाले ३ खेलमा तिनै खेल जितेर ६ अंकसहित सुपर आठमा पुगिसकेको छ भने भने स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै इङल्याण्ड ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ। यस समूहबाट नामिबिया र ओमान बाहिरिइसकेका छन्।
अब अस्ट्रेलियाले स्कटल्याण्डसँग जुन १६ मा र इङ्ल्याण्डले नामिबियासँग जुन १५ मा खेल्ने तालिका रहेको छ। अब अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा र इङल्याण्डले नामिबियालाई पराजित गरेमा मात्र इङल्याण्ड सुपर आठमा पुग्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment