दक्षिण अफ्रिकाद्वारा नेपालसामु १ सय १६ रनको लक्ष्य प्रस्तुत

डिसी नेपाल
१ असार २०८१ ६:४९
64
Shares

काठमाडौं। अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।

टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ५ चौका र १ छक्का प्रहार गरे। कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हाने।

कुशल भुर्तेलले पनि ४ विकेट लिएका छन्। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए उनले चार ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट लिन भने सकेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.