जर्मनीको युरोकपमा विजयी शुरुवात
काठमाडौं। जर्मनीले युरो कपमा विजयी शुरुवात गरेको छ। गएराति सम्पन्न युरोकप २०२४ को उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
जर्मनीका लागि फ्लोरियन विर्त्ज, जमाल मुसिआला, काइ हाभेर्ट, निकलस फुल्करग र एम्री क्यानले एक एक गोल गरेका थिए। त्यस्तै स्कटल्याण्डका लागि एक गोल जर्मनीका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए।
त्यस्तै यस खेलमा स्कटल्याण्डका रियान पोर्टेओउसले खेलको ४४औ मिनेटमा रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सीमित भएको थियो।
यो जितपछि समूह ए मा रहेको जर्मनीले ३ अंक हासिल गरेको छ।
युरोकप अन्तर्गत आज साँझ ६: ४५ बजेदेखि हंगेरी र स्वीट्जरल्याण्ड खेल्दै छन् भने राती ९: ४५ बजेदेखि स्पेन र क्रोसिया खेल्दै छन् । त्यस्तै आज राति १२ : ४५ बजेदेखि इटाली र अल्बानिया खेल्दै छन्।







डिसी नेपाल







Facebook Comment