विश्वकप क्रिकेटः नेपालको दोस्रो विकेट गुम्यो
ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Kushal Bhurtel of Nepal bats during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)
काठमाडौं। अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। ११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो।
ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए।
नेपालले १० ओभरमा २ विकेटको क्षतिमा ५७रन बनाएको छ। दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment