जलेश्वरमा जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार
महोत्तरी। महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ।
जलेश्वर भन्सार कार्यालयको रु एक करोड ८८ लाख ३३ हजार नौ सय ३९ लागतमा जनकपुरमा अवस्थित जानकी मन्दिर जस्तै आकर्षक प्रवेशद्वार निर्माण गरिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए। प्रवेशद्वारमा जानकी मन्दिरको जस्तै आकर्षक बुट्टा काट्ने, रङ्गरोगन गर्ने र बत्ती जडान गर्न भन्सारले चालु आवमा पुनः रु ६६ लाख ९३ हजार एक सय ८५ प्रदान गरेको थियो ।
विश्वसम्पदा सूचीमा समावेश गर्न सिफारिस गरिएको जनकपुरस्थित जानकी मन्दिरजस्तै देखिने यो प्रवेशद्वार हेर्न महोत्तरी आसपासका क्षेत्रका साथै भारतबाट पनि सयौँ मानिस दैनिक रूपमा यहाँ आउने गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment