अहिलेका कमी कमजोरीलाई सुधारेर ८४ सम्म परिपक्व बन्छौंः रवि लामिछाने

दिपा पौड्याल
१ असार २०८१ १६:०८
180
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका छन्।

पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले सरकारमा बसेर धेरै राम्रो काम नगरेपनि नराम्रो नगरेको भन्दै १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताएका हुन्।

उनले पार्टीले सम्हालेको चार वटा मन्त्रालयमा रहेर कुनै लाभको काम नगरेको र कुनै खराव वा बेतिथिको काम समेत नगरेको धारणा राखे । गृहमन्त्रालयमा सरुवा बढुवामा हुने पैसाको चलखेल रोखिएको र संगठनको इज्जत राख्ने गरि काम गरेको उनले बताए।

लामिछानले केही कमी कमजोरीलाई सुधारेर ८४ सम्म परिपक्व बन्ने उल्लेख गरे। उनले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न अह्वान गरे। साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिए।

त्यस्तै उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थान विन्दु बनेको बताए। दोश्रो बार्षिकोत्सवसम्म आउदा नेपाली राजनीतिमा धक्का दिएको पार्टीलाई ८४ सालसम्म बलियो बनाउँदै अघि बढाउनुपर्ने उनले बताए। उनले तयारीका साथ सवैलाई मिलाएर असल शासनमा ध्यान केन्द्रीत गरेको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *