टी-२० विश्वकपमा आज दुई खेल हुँदै

डिसी नेपाल
२ असार २०८१ ६:४५
128
Shares

काठमाडौं। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्। आज समूह बी अन्तर्गत अस्ट्रेलिया र स्कटल्याण्डबीच खेल हुँदै छ।

सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ।

जारी विश्वकपमा अस्ट्रेलिया लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ। त्यस्तै यस खेलको नतिजाले सुपर आठमा समूह बी बाट पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ। यो खेल स्कटल्याण्डले जितेका स्कटल्याण्ड सुपर आठमा पुग्ने छ। त्यस्तै अस्ट्रेलियाले जितेमा भने इङ्ल्यान्डको सम्भावना बन्ने छ।

स्कटल्याण्डको ३ खेलमा २ खेल र एक खेल बर्षाले रद्द हुदा ५ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको छ।

अस्ट्रेलिया र स्कटल्याण्डबीच अहिलेसम्म टी-२० अन्तर्राष्टिय खेल भएको छैन र दुवै देशबीच यो पहिलो पटक खेल हुँदै छ।

त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत पाकिस्तान र आयरल्याण्डबीच हुँदैछ। दुवै देश सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै अर्थ भने राख्दैन। समूह ए बाट भारत र अमेरिका सुपर आठमा पुगिसकेका छन्।

पाकिस्तानले अहिलेसम्म ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने आयरल्याण्डले ३ खेलमा २ हार बेहोरेको छ भने एक खेल बर्षाले रद्द भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *