प्रतितोला छ सयले घट्यो सुनको मूल्य
काठमाडौं। बजारमा पहेँलो धातुको मूल्य आज तोलामा छ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ।
आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ।
त्यस्तै, चाँदी आज प्रतितोला रु एक हजार आठ सय निर्धारण भएको छ। आइतबार चाँदी प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment