सर्पदंशको उपचार निःशुल्क
महोत्तरी । सर्पको राजधानी भनेर चिनिने बर्दिवास नगरपालिका-३ मा शर्पदंशको निस्शुल्क उपचार गरिने भएको छ।
सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको निःशुल्क उपचार गरिने वडाध्यक्ष बिराट विष्टले बताए।
सोमबार गौरिडाडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट बन्चित नहुने उनले बताए। सोही कार्यक्रममा पारम्भिक चरणमा ३० हजार बराबरको औषधि र स्वास्थ्य सामाग्रीसमेत वितरण गरिएको छ।
वडावासीको चाहना बमोजिम सर्पदंश उपचार निस्शुल्क गरिएको उन्को भनाई छ । सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले अध्यक्ष विष्टले गरेको निर्णय निक्कै सकारात्मक भएको बताउँदै अन्य वडाले पनि यसबाट सिक्नुपर्ने धारणा राखे।
वडा नम्बर ३ मा मात्र झण्डै १३ हजार मानिस बसोबास गर्छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment