प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

डिसी नेपाल
५ असार २०८१ ७:२३
12
Shares

काठमाडौं। संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।

छलफलमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यसैगरी दोस्रो बैठकमा ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय; वन तथा वातावरण मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; सहरी विकास मन्त्रालय; रक्षा मन्त्रालय; खानेपानी मन्त्रालय; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *