दीपेन्द्र टी-२० अलराउन्डरको वरियतामा छैटौं स्थानमा उक्लिए
काठमाडौं। क्रिकेटर दीपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन्।
आइसीसीले हालै सार्बजनिक गरेको नयाँ वरियतामा दीपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन्। दीपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरियतामा सुधार भएको हो।
टी-२० को अलराउन्डर वरियताको शिर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन्। उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शिर्ष स्थानमा उक्लिएका हुन्। त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यस अघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन्।
त्यस्तै यस अघि शीर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन्। त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दिपेन्द्र पछि भारतका हार्दिक पाण्डेय सातौ स्थानमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment