बजेट पुनर्लेखन गर्न सरकारलाई कांग्रेसको सुझाव
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्न सरकारलाई सुझाव दिएको छ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले बजेटप्रति चौतर्फी असन्तुष्टि देखापरेको भन्दै बजेट पुनर्लेखन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।
उनले बजेटमा देखिएको असन्तुष्टि नसच्चाए सरकारको बारेमा जनताको धारणा राम्रो नहुने जिकिर गरे। मन्त्रालयगत छलफलका क्रममा बजेट पुस्तिका च्यात्ने, रोष्टममा मौन बस्ने लगायतका क्रियाकलाप निकै लज्जास्पद भएको उनको भनाइ छ।
उनले सुदूरपश्चिम लगायत पुरै देशभर विनियोजन गरिएको बजेटमा कुनै सांसदले पनि चित्त बुझाउन नसकेको धारणा राखे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment