लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

डिसी नेपाल
६ असार २०८१ ७:२६
44
Shares

काठमाडौं। जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ।

गएराति सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए। यो जितपछि जर्मनीको समूह ए मा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ।

यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ।

त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *