शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं : पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
एक समारोहका बिच सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले सेन्टरमा उपचार सेवा लिँदा इन-हाउस रुटिन टेस्टमा २५∞ छुट, इन-हाउस स्पेशलाइजेशनमा २०∞ छुट, आउटसोर्समा १०∞ छुट र एक्स-रे, युएसजी इसीजीमा १०∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
अघिल्लो साल जेठ तीन गतेका दिन औपचारीक रुपमा काठमाडौंको मुटु पानीपोखरीमा शुक्रा हाउस सेन्टरको स्थापना गरिएको थियो । यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि.,ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउदै आइरहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment