युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा

डिसी नेपाल
७ असार २०८१ ६:५४
64
Shares

काठमाडौं। युरोकप फूटबल २०२४ अन्तर्गत साविक विजेता इटालीलाई हराँउदै स्पेनले प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ।

खेलको ५५औं मिनेटमा इटालीका Riccardo Calafiori ले आत्मघाति गोल गर्दा स्पेनले भाग्यमानी सावित हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो।

त्यस्तै युरो कपको आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ। फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो।

१८औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। ३४औं मिनेटमा क्यास्पर ह्युमलन्डले उत्कृष्ट गोल गर्दै डेनमार्कका लागि खेलमा बराबरी गरेका थिए । यो नतिजापछि इङ्ल्यान्डको २ खेलमा ४ अंक भएको छ।

युरो कपमा समूह बी अन्तर्गत आज दुई महारथी स्पेन र इटाली विच राति पौने १ बजे खेल हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *