स्व. नेता फुलाराको १३ औं पुण्ड तिथिमा शोक सभा

डिसी नेपाल
२२ साउन २०७६ २३:५२
12
Shares

डोटी । नेपाली काङ्ग्रेस नेता तथा समाजसेवी स्वर्गीय नेता दुर्गा फुलाराको १३ औं दिनको पुण्य तिथीमा बुधबार शोक सभा सम्पन्न गरिएको छ।

मस्टा गुरुकुलको आयोजनामा बुधबार शिखर नगरपालिका ६ चुडिमा शोक सभा सम्पन्न गरेको हो। शोक सभामा प्रमुख अथितिको आसनबाट बोल्दै नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देलले स्वर्गीय नेता फुलाराको असमाहिक निधनले पार्टी र संघलाई ठूलो क्षति पुगेको बताए।

स्वर्गीय नेता फुलारा सुदूरपश्चिमका किसानका नेता रुपमा समेत आफूले चिनेको उनले बताए। त्यस्तै शोक सभामा बोल्दै नेपाली काङ्ग्रेस डोटीका जिल्ला सचिव नारायण जोशीले कर्तव्य निष्ठ, मेहनती, शाालिन भद्र, सामाजिक अभियान्ता स्वर्गीय नेता फुलाराको निधनले पार्टी स्तव्ध भएको बताउँदै उनले अगालेका राम्रा कार्यको पार्टीले सदैब मूल्यांकन गर्ने बताए।

शोक सभामा बोल्दै शिखर नगरपालिका उपप्रमुख धौली देबी रावल, नेपाली काङ्ग्रेस जिल्ला जीत बहादुर खड्का, राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष बेणिमाधब जोशी, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले स्वर्गीय नेता फुलाराप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा जनमा गहिरो समबेदना व्यक्त गरेका थिए।

प्रजातान्त्रिक आन्दोलनका एक योद्धा तथा सामाजिक अबियान्ता स्वर्गीय नेता फुलाराले गाउँ, समाज र जिल्ला चिनाउनका लागि ठूलो भूमिका खेलको बताए।

शोक सभाको अध्यक्षता मस्टा गुरु कुलका कार्यबाहक अध्यक्ष टीका फुलाराले गरेका थिए। स्वर्गीय नेता फुलारा नेपाली काङ्ग्रेस डोटीका पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व जिविस सदस्य, नेपाल किसान संघका केन्द्रीय सदस्य, बिश्व हिन्दु महासंघका सदस्य, मस्टा गुरु कुलका संस्थापक अध्यक्षलगायतका विभिन्न पदमा थिए।

स्वर्गीय नेता फुलाराको यहि साउन १० गते हृदयघातका कारण आफ्नै निवास मा ५६ वर्षको उमेरमा निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *