म्यानमारमा स्वाइन फ्ल्यू लागेर ९० जनाको मृत्यु

डिसी नेपाल
२३ साउन २०७६ ५:३९

म्यानमार । म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्ल्यूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो।

सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४२२ जनामा स्वाइन फ्ल्यू भएको प्रयोगशालाबाट पुष्टि भएको थियो।सरका री अधिकारीहरूका अनुसार यस अवधिमा स्वाइन फ्ल्यूबाट मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा धेरै याङ्गुनमै रहेको पाइएको छ।

उनीहरूले याङ्गुनमा ६३ जनाको मृत्यु भएको जानकारी दिएका छन्। याङ्गुनपछि अयेयार्वाडी क्षेत्रमा ९ जनाको र बागो क्षेत्रमा ७ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *