काबुलमा कार बम विस्फोट, १४ जनाको मृत्यु, १४५ घाइते

डिसी नेपाल
२३ साउन २०७६ ५:४७

काबुल । तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन्।

राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो।विस्फोटपछि प्रहरी कार्यालय क्षेत्रमा कालो धूवाँ फैलिएको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।

अफगानिस्तानको गृह मन्त्रालयले तालिबान विद्रोहीहरुले कार बम विस्फोट गराएको जनाएको छ। तर तालिबान लडाकूहरुले भने लामो ट्रक बम विस्फोट गराएको दाबी गरेका छन्। तालिबान लडाकूहरुको दाबीको गृह मन्त्रालयले खण्डन गरे पनि अफगानिस्तानी अधिकारीहरुले भने स्वीकार गरेका छन्।

सामाजिक सञ्जालहरुमा पनि घटनासम्बन्धी फोटोहरु फैलिएका छन् । ती फोटोहरुमा ठूलो क्षति भएको देखिएको छ। अफगानी अधिकारीहरुका अनुसार मृत्यु हुनेमा कम्तीमा दश जना सर्वसाधारण र चार जना प्रहरी रहेका छन्। घटनामा परी घाइते भएका १४५ जनामध्ये ९२ जना सर्वसाधारण रहेको अधिकारीहरुले बताएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *