अमेरिकामाथि वेस्ट इन्डिज ९ विकेटले विजयी
काठमाडौं। वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको जित हासिल गरेको छ। जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो।
अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १०.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। वेस्ट इन्डिजको जितमा शाइ होपले अविजित ८२ रन बनाएका थिए भने निकोलस पुरनले अविजित २७ रन बनाएका थिए।
यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै १२८ रन बनाएको थियो। यो जितपछि वेस्ट इन्डिजले २ खेलमा २ अंक हासिल गर्दै समुह २ मा दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै अमेरिकाले भने सुपर आठमा लगातार दोस्रो हार बेहोर्दै सेमिफाइनलमा पुग्ने सम्भावना लगभग सकिएको छ।
अब सुपर आठको अन्तिम खेलमा वेस्ट इन्डिजले सोमबार बिहान दक्षिण अफ्रिकाको सामना गर्ने छ भने अमेरिकाले आइतबार राती इङल्याण्डको सामना गर्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment