ओखलढुंगामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

डिसी नेपाल
१२ असार २०८१ १०:१७
64
Shares

ओखलढुंगा। ओखलढुंगामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

चिसंखुगढी गाउँपालिका-५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

पहिराेमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन्।

प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। पहिरोले एकतले घर र गोठ पुरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *