पोर्चुगल जर्जियासँग स्तब्ध
काठमाडौं। पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ। गएराति सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो।
जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक एक गोल गरेका थिए। यो जितपछि समुह एफ मा जर्जिया तेस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ।
त्यस्तै हारका बाबजुत पोर्चुगल समूहमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै समूह एफमा टर्कीले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजति गरेको छ र समुहमा दोस्रो हुदै नक आउट चरणमा छनौट भएको छ।
यस समूहबाट चेक रिपब्लिक बाहिरिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment