टी-२० विश्वकप सेमिफाइनल
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
काठमाडौं। अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अल आउट भएको छ।
जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment