सुनको मूल्य प्रतितोला एक हजारले र चाँदीको १० रुपैयाँले बढ्यो

डिसी नेपाल
१४ असार २०८१ ११:२०
1.5k
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मुल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ।

यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *