मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतलाई
सुर्खेत। वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ। कालुङचोक क्रिकेट मैदानमा आज भएको फाइनलमा रुकुम पश्चिमलाई १५ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो।
एक सय ३२ रनको लक्ष्य पाएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा एक सय १६ रन मात्र बनाउन सक्यो। पहिले ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनायो । घरेलु टोलीका लागि कप्तान विपिन रावलले ४८ रनको योगदान दिए।
प्रतियोगिताको उपाधिसँगै सुर्खेतले रु एक लाख एक हजार नगद प्राप्त गरेको छ भने उपविजेता रुकुमपश्चिमले रु ५१ हजार पाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा प्रदेशका सात वटा जिल्लाले भाग लिएका थिए।







डिसी नेपाल







Facebook Comment