बढ्यो सुनको मूल्य
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ।
यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment