विश्वकप जितेपछि द्रविडले भने-खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जितेँ

डिसी नेपाल
१६ असार २०८१ ११:२८
108
Shares

काठमाडौं। भारतीय क्रिकेट टोलीको कोचिङ छोडेपछि राहुल द्रविडले टी-२० विश्वकपमा टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। उनले यो जित सम्भव बनाउन कप्तान रोहित शर्मा, टोली र सपोर्ट स्टाफलाई धन्यवाद दिएका छन्।

विश्वकप जितेपछि राहुल द्रविडले भने, ‘खेलाडीको हैसियतले मैले ट्रफी (विश्वकप) जित्न सकिन। म त्यति भाग्यमानी थिइनँ तर जहिले पनि खेलेँ मैले आफ्नो उत्कृष्ट दिएँ। विश्वकप जित्न नसकेका धेरै खेलाडी छन्। तर म भाग्यमानी थिएँ कि मैले भारतीय टोलीको प्रशिक्षक बन्ने मौका पाए।’

उनले भने, ‘म भाग्यमानी थिए कि हाम्रा खेलाडीको यो समूहले जित सम्भव बनायो। रोहित र यो टोलीसँग काम गर्दा मलाई रमाइलो लाग्यो। म खुसी छु हामीले सक्दो गर्यौं।’ उनले अगाडि भने-‘म भाग्यशाली थिए कि प्रशिक्षक र सहयोगी स्टाफको समूह छ जसले हामीलाई यो विश्वकप जिताउन मद्दत गर्यो।’

विश्वकप जितेसँगै द्रविडले भारतीय क्रिकेट टिमको प्रशिक्षकको कार्यकाल सकिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले नयाँ प्रशिक्षकको चयनका लागि आवेदन मागेर अन्तर्वार्ता समेत लिइसकेको छ। मिडिया रिपोर्टका अनुसार भारतले पूर्व खेलाडी गौतम गम्भीरलाई राष्ट्रिय टिमको काेच बनाउने सम्भावना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *