१०औं महाधिवेशन
राजधानीमा एकीकृत समाजवादीको र्याली (तस्बिरसहित)
काठमाडाैं। नेकपा एकीकृत समाजवादीले काठमाडौंमा र्याली निकालेको छ।
पार्टीको महाधिवेशन सुरु हुनु अघि समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालेको हो। र्यालीमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगाएत पार्टीका नेता कार्यकर्ता लगाएत सहभागी भएका थिए।

नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुने बताइएको छ। असार २० गतेसम्म चल्ने महाधिवशेन मार्फत पार्टीका बिभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने समाजवादीले जनाएको छ।

समाजवादीले महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment