स्पेन युरोकपको क्वाटरफाइनलमा

डिसी नेपाल
१७ असार २०८१ ७:२४
56
Shares

काठमाडौं। स्पेन जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र डानी ओल्मोले एक एक गोल गरेका थिए। त्यस्तै जर्जियाका लागि एक गोल स्पेनका रोबिनले नोरमाण्डले आत्मघाती गोल गरेका थिए।

यो जितपछि अब स्पेन क्वाटरफाइनलमा आयोजक जर्मनीसँग खेल्ने भएको छ। यो खेल जुलाई ५ मा हुने छ। त्यस्तै यो हारपछि जर्जिया भने युरोकपबाट बाहिरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *