मौसम खराब भएपछि बारबाडोसमै फस्यो भारतीय क्रिकेट टिम
काठमाडौं। आइसीसी टी–२० विश्वकपको उपाधि जितेको भारत बेरिल आँधीका कारण बारबाडोसमा फसेको छ। भारतीय टोली आज भारत फर्किन न्युयोर्क उड्ने तालिका रहेकोमा खराब मौसमका कारण बारबाडोसमै फसेको छ।
एट्लान्टिक क्षेत्रमा आएको २१० किलोमिटर प्रतिघण्टाको गतिमा आएको बेरिल आँधीका कारण विमानस्थल बन्द गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सेक्रेटरी जय शाहसहित भारतीय टिम बारबाडोसमा फसेको छ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय टिम ब्रिजटाउनबाट न्यूयोर्क र दुबई हुँदै भारत पुग्ने तालिका रहेको थियो। मौसम खराब भएर विमानस्थल नै बन्द भएपछि अब भारतीय टिमलाई मौसममा सुधार हुनासाथ सिधै दिल्लीसम्म चार्टर्ड उडान गर्ने योजना बोर्डले बनाएको बताइएको छ।
अहिले बारबाडोसमा खेलाडीसहित सहयोगी कर्मचारी, परिवार र बोर्डका अधिकारीसहित करिब ७० जना सदस्य रहेको बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment