युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा

डिसी नेपाल
१८ असार २०८१ ६:३३
68
Shares

काठमाडौं। जर्मनीमा जारी युरो कप-२०२४ मा बेल्जियमलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ। डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो।

खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो। रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो । सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो।

फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनिया बीचको विजेता विरुद्ध खेल्नेछ। यी दुई टोली बीचको खेल आज राति १२:४५ बजे हुँदैछ।

फ्रान्स बाहेक अहिलेसम्म क्वाटरफाइनलमा पुग्ने टोलीहरू जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *