टी- २० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, भारतका ६ खेलाडी सामेल

डिसी नेपाल
१८ असार २०८१ ७:४६
308
Shares

काठमाडौं। आइसीसीले टी-२० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ।

आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेत देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन्। जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन्।

त्यस्तै विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन्। जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन्।

त्यस्तै यस टिमको १२औं खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरीक नोकिया रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *