निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

डिसी नेपाल
२० असार २०८१ १४:११
60
Shares

काठमाडाैं। निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाई केही दिनका लागि रोकिएको छ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाईका लागि थप समय लिने निर्णय गरेको समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिए।

प्रधानबिरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो। उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरि गरिएको छलफलका क्रममा गम्भीर बिषयहरु उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछिमात्रै सुनुवाई गर्ने सभापति जवराले बताए।

प्रधानबिरुद्ध यौन दुव्र्यवहार लगाएतका उजुरी परेका छन्। संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *