सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो
काठमाडौं। नेकपा (एमाले) सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ। एमालेले बिहीबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ।
योसँगै सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन्। मुख्यमन्त्री सोडारी अहिले काठमाडौं आएका छन्।
उनी काठमाडौं आएकाले एमालेका नेताहरुले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा र सरकारबाट बाहिरिएको पत्र दर्ता गराइसकेका छन्।
एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकारबाट बाहिरिएको विषयमा मुख्यमन्त्री सोडारीसँग टेलिफोन संवाद भएको र कार्यालयमा पत्र दर्ता गराइएको बताए।
सुदूरपश्चिममा एमाले समेतको समर्थनमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment