लुम्बिनीमा एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन, पाँच मन्त्रीले दिए राजीनामा

डिसी नेपाल
२० असार २०८१ १९:४०
136
Shares

काठमाडौं। लुम्बिनी सरकारबाट नेकपा एमाले बाहिरिएको छ। बिहिबार एमालेका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन्। महरा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन्। एमालेबाट आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसी मन्त्री बनेका थिए।

योसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *