मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङः सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन। संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ। राजीनामा दिने त्यस्तो केही कुरा छैन।’
उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment