नेकपा एसको ९३ केन्द्रीय सदस्यको सूचीमा अटाएनन् प्रेम आले, गरे पार्टी छाडेको घोषणा

डिसी नेपाल
२१ असार २०८१ १६:४८
3.3k
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहेको बताएका छन्।

महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफु पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन्। असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए।

उनले भने, ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालकै अगाडी म तपाइको पार्टीमा रहदिन भनेको थिए । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु। अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन।’

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए। उनले भने, ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ।’

नेकपा एकीकृत समाजवादीले आज सार्बजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन।
 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *