कर्णाली प्रदेश सरकारको बजेट पारित

डिसी नेपाल
२१ असार २०८१ १९:३८
40
Shares

कर्णाली। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत आज बसेको २१औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो। सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनयिम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिएका थिए।

सभामुख गुरुङको निर्देशनअनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गरे। बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव २०८१/८२ को ल्याएको रु ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सर्वसम्मतले पारित भएको घोषणा गरे। उनका अनुसार अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *