ओलम्पिक खेल्ने खेलाडीसँग खेलकुद परिषदका सदस्य सचिव घिसिङको छलफल

डिसी नेपाल
२३ असार २०८१ २०:२७
48
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  टंकलाल घिसिङले पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग छलफल गरेका छन्।

सदस्य सचिव घिसिङले ओलम्पिकको तयारीका लागि बन्द  प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका बिषयमा छलफल गरेका हुन्।

साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात जना खेलाडीहरु मध्ये नेपालमै वन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्वन्धित प्रशिक्षकहरुसँग भएको छलफलमा सदस्य सचिव घिसिङले तयारीका लागि कुनै कमि हुन नदिने बताए।

त्यस्तै उनले खेल सामाग्री, खेल पोशाक, प्रशिक्षणको तालिका सम्वन्धमा सदस्य सचिवले चासो राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *